Friday, December 16, 2016

प्रेम

दुई आत्मा को मेल हो प्रेम
धोखा पाए मा खेल हो प्रेम 

हिरा मोती को जन्जिरले नै
बाधी राख्ने त्यो जेल हो प्रेम 

भगवान को आरती गर्ने
दियो को साथी तेल हो प्रेम 


भौतारिए को यात्रु लाई नै
गन्तव्य दिने रेल हो प्रेम 

बुझे भगवान को उपहार 
नबुझ्ने लाई झेल हो प्रेम !!

Related Posts:

0 comments :

Post a Comment